विकासका लागि तीन वटै सरकार एउटै बाटोमा हिड्नुपर्छ: अर्थमन्त्री आलेमगर

तनहुँ | साउन १५, २०८०

विकासका लागि तीन वटै सरकार एउटै बाटोमा हिड्नुपर्छ: अर्थमन्त्री आलेमगर Photo: Pratap Rana Magar

पोखरा:  गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले मुलुकको विकासका लागि तीनै  वटै तहको सरकार एउटै बाटोमा हिड्नु पर्ने बताएका छन् ।
 

 

भिमाद नगरपालिकाको नीति, बजेट कार्यक्रमको सार्वजनिक गर्दै आज (सोमबार) मन्त्री आलेमगरले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

उनले मुलुकको दिगो विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक आपासमा समन्वय गरी अगाडी बढ्नुपर्नेमा जोड दिए । 

 

उनले तीन वटै तहको सरकार तीन तिर फर्केको प्रति गुनासो गरे । ‘मुलुकको दिगो विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकार समन्वय गरेर संगै हिड्नु जुरूरी छ, उनले भने, त्यसका लागि आर्थिक मामिला मन्त्री हैसियतले समन्वय गर्ने प्रयास गरिरहेको छु ।’

 

उनले एक आपसको सहकार्यले मात्र देशको दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउदै एउटै लयमा हिड्नेपर्ने बताए । ‘तीन वटै सरकार तीन तिर हिडेर मुलुकको हित कहिल्यै हुदैन । अब तीन तहकै सरकार एउटै बाटोमा हिड्नु विकल्प छैन,’ उनले भने ।

 

जनप्रतिनिधिहरू आर्थिक शुसानमा बस्नुपर्ने मन्त्री आले मगरले बताएका थिए । मन्त्री आलेमगरले घिरिङ १ पुट्टार उत्तर बाहिनी क्षेत्रमा संचालित पुरूषोत्तम महायज्ञको समापनसमेत गरेका थिए ।

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्